नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ। सोमबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा नौ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार नौ सय रूपैयाँ पुगेको छ।
मंगलबार चाँदीको मूल्य भने बढेको छ।चाँदी मंगलबार चार हजार आठ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ५० अमेरिकी डलरमा कारोबार भइरहेको छ।













