नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा तीन हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख द्ई हजार आठ सय रूपैयाँ पुगेको छ।
चाँदी सोमबार चार हजार आठ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय २५ रूपैयाँ घटेको हो।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













