प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै संघीय निर्वाचन सम्पादन समिति, २०८२ ले बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा रणनीतिक जिम्मेवारी तोकेको छ।
पार्टीको उम्मेदवारलाई दुई तिहाइ मतसहित विजयी गराउने स्पष्ट लक्ष्यसहित श्री सुरेस मास्केलाई क्षेत्रीय निर्वाचन सम्पादन समितिसँग समन्वय र सहकार्य गर्दै सम्पूर्ण निर्वाचन केन्द्रित गतिविधि प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी प्रदान गरिएको हो।

निर्वाचन अभियान सुदृढ बनाउने, संगठनात्मक सक्रियता बढाउने तथा मतदाता केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने कार्यमा उहाँको भूमिका निर्णायक रहने विश्वास गरिएको छ।
संघीय निर्वाचन सम्पादन समितिले मास्केले तोकिएको जिम्मेवारी उच्च मनोबल, प्रतिबद्धता र परिणाममुखी कार्यशैलीसहित सफलतापूर्वक सम्पन्न गर्ने अपेक्षा व्यक्त गरेको छ।













