नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ। बिहीबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा तीन हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार पाँच सय रूपैयाँ पुगेको छ।
बिहीबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी शुक्रबार पाँच हजार रूपैयाँमा कारोबार भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय ४० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













