राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह चुनावी अभियान अन्तर्गत बुधबार बारा र पर्सा जिल्लाका विभिन्न क्षेत्रको भ्रमणमा छन् ।
भ्रमणको सुरुवातमा उनी बाराको निजगढ आइपुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बारा जिल्ला अध्यक्ष चन्दन सर्राफका अनुसार बालेन निजगढबाट पिलुवा हुँदै हुलाकी सडकखण्ड प्रयोग गरेर बारा जिल्लाको सदरमुकाम कलैया पुग्ने कार्यक्रम छ ।

बालेन शाहको कतै रोकिने औपचारिक कार्यक्रम नभएकाले कलैया, वीरगञ्ज, जितपुर हुँदै ३ बजेपछि सिमरा विमानस्थलबाट काठमाडौँ फर्कने कार्यक्रम तय भएको उनको भनाइ छ ।












