नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य बढेको छ। गत आइतबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार ६ सय रूपैयाँ पुगेको छ।
बुधबार चाँदीको मूल्य पनि बढेको छ।चाँदी बुधबार पाँच हजार दुई सय ९० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार ५० अमेरिकी डलरमा कारोबार भइरहेको छ।












