नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले नेपाली राजनीतिमा भारतको प्रभाव परेको टिप्पणी गरेका छन् । बुधबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता घिमिरेले यस्तो बताएका हुन् ।
चालिसेले अहिलेको निर्वाचन राष्ट्रपतीय प्रणालीजस्तो हुनपुगेको पनि प्रवक्ता चालिसेले बताए । कांग्रेस संसदीय प्रणालीकै पक्षधर रहेको बताउँदै उनले राष्ट्रपतीय प्रणालीको झल्को दिनेगरीको निर्वाचनमा आफूलाई धकेलेर लगेको पनि टिप्पणी गरे ।

ष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा बालेन्द्र शाह एकीकृत भएको विषयमा पनि प्रवक्ता चालिसेले आफ्नो धारणा राखे । ‘रवि र बालेनले रहरले गठबन्धन गरेका होइनन् । यो गराइएको गठबन्धन हो,’ उनले भने,‘ठगीमा मुछिएर आकर्षण घटेपछि अर्कोलाई ल्याएर राखिएको छ ।’
प्रवक्ता चालिसेले कांग्रेस सभापति गगन थापा र रास्वपाका वरिष्ठ नेता बालेनबिच तुलना नै हुन नसक्ने बताए ।












