राष्ट्रिय सभा बैठकबाट सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको छ ।सोमबार बसेको राष्ट्रियसभा बैठकले सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको हो ।बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले उक्त विधेयक फिर्ता गर्ने निर्णयलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो भने बैठकले उक्त प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गरेको हो ।
यसअघि माघ २३ गते बसेको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री अनिल सिन्हाले उक्त विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् ।







