भारतले नेपाललाई आर्थिक वर्ष २०२६/२७ का लागि १२ अर्ब ८० करोड रूपैयाँ (भारतीय ८ अर्ब रूपैयाँ) वार्षिक आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।आगामी आर्थिक वर्षको लागि भारतीय अर्थमन्त्री निर्माला सीतारमणले प्रस्तुत गरेको बजेटमा नेपालालई दिइने आर्थिक सहयोग बढाइएको हो।
भारतले चालु आर्थिक वर्ष २०२५/२६ का लागि सुरूमा नेपाललाई ११ अर्ब १८ करोड रूपैयाँ (भारतीय ७ अर्ब रूपैयाँ) सहयोग छुट्याएको थियो।पछि उक्त रकम संशोधन गरी १३ अर्ब २८ करोड रूपैयाँ (भारतीय ८ अर्ब ३० करोड रूपैयाँ) पुर्याइएको थियो।

भारत सरकारबाट प्राप्त हुने यो सहयोग रकम पूर्वाधार विकास, सामाजिक क्षेत्र, सीमा क्षेत्रका आयोजना तथा द्विपक्षीय सहकार्यका कार्यक्रमहरूमा प्रयोग गरिने गरेको छ।






