नेपाली बजारमा आज (बिहीबार) पनि सुनचाँदीको मूल्य बढेको छ। लगातार बढिरहेको सुनको मूल्य आज पनि हालसम्मकै उच्च विन्दुमा पुगेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय रूपैयाँ पुगेको छ।यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला २० हजार पाँच सय रूपैयाँ महँगो हो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। चाँदी बिहीबार सात हजार पाँच सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय पाँच रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार पाँच सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।






