नेपाली बजारमा आज (मंगलबार) पनि सुनचाँदीको मूल्य बढेको छ। लगातार बढिरहेको सुनको मूल्य आज पनि हालसम्मकै उच्च विन्दुमा पुगेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार तीन सय रूपैयाँ पुगेको छ।यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला तीन सय रूपैयाँ महँगो हो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ।चाँदी मंगलबार ६ हजार आठ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय पाँच रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













