नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको हो ।
चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।






