विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगनकुमार थापालाई नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने भएको छ ।
सभापतिमा निर्वाचित भएपछि पहिलोपटक केन्द्रीय कार्यालयमा सानेपामा शुक्रबार दिउँसो १ बजे बस्ने केन्द्रीय समितिको बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न लागेको हो ।

‘विशेष महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित हुनुभएका गगन थापासहितका पदाधिकाकारी र केन्द्रीय सदस्यलाई केन्द्रीय कार्यालय सानेपाका मुख्य सचिव कृष्णप्रसाद पौडेलले स्वागत गनुृहुन्छ,’ सभापति थापानिकट स्रोतले भन्यो, ‘लगत्तै सानेपामा बस्ने केन्द्रीय समितिको बैठकले सभापतिलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नेछ ।’













