नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला १० हजार चार सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ बिहीबार भने घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रूपैयाँ पुगेको छ।
चाँदीको मूल्य पनि घटेको छ। चाँदी बिहीबार पाँच हजार आठ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार सात सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













