सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट प्रतिनिधिसभा उम्मेदवारी मनोनयन दर्ता गरेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत प्रसाद पराजुलीले जेन्जी आन्दोलनका क्रममा भदौ २४ गते सहिद भएका चौतारा साँगाचोकगढी नगरपालिका–१२ का सहिद परिवारसँग भेटघाट गर्नुभएको छ।
भेटका क्रममा पराजुलीले सहिदहरूको सपना, त्याग र जेन्जी आन्दोलनले उठाएका न्याय, सुशासन र उत्तरदायित्वका मागलाई आफ्नो राजनीतिक यात्राको आधार बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सहिदहरू समग्र राष्ट्र र परिवर्तनका प्रतीक भएको उल्लेख गर्दै उनीहरूको बलिदानलाई व्यवहारमा उतार्ने दृढ संकल्प जनाउनुभयो।

सहिद परिवारले यसपटक भावनात्मक आश्वासनभन्दा न्याय सुनिश्चित गर्ने नेतृत्व आवश्यक रहेको धारणा राखेका छन्। मनोनयनपछिको पहिलो सार्वजनिक गतिविधिका रूपमा सहिद परिवारसँगको भेटलाई पराजुलीको राजनीतिक प्रतिबद्धताको संकेतका रूपमा हेरिएको छ।






