काठमाडौं । बागमती प्रदेशसभा सदस्य युवराज दुलाल (शरद) ले सांसद पदबाट राजीनामा दिएका छन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उनलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।
पार्टीले टिकट दिएपछि उम्मेदवारी दर्ता गर्नुअघि उनले सभामुखसमक्ष राजीनामा बुझाएका हुन् । प्रतिनिधि सभाको निर्वाचन २१ फागुनमा हुँदैछ । यही माघ ६ गते मनोनयन दर्ताको कार्यतालिका छ ।यो क्षेत्रमा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका मोहन बस्नेत प्रतिनिधि सभा सदस्य बनेका थिए ।

क्षेत्र नम्बर १ का बस्नेतले तत्कालीन माओवादीसँगको सहयोगमा चुनाव जितेका थिए ।२०७४ र २०७९ को निर्वाचनमा सिन्धुपाल्चोक २ (क) बाट प्रतिस्पर्धा गरेका उनले जित निकालेका थिए । दुई कार्यकालको प्रदेशसभाको ८ वर्षे अवधिमा उनी अधिकांश समय सरकारमा रहेर काम गरेका थिए ।






