नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ।बिहीबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ शुक्रबार भने बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार दुई सय रूपैयाँ पुगेको छ।
बिहीबार चाँदीको मूल्य पनि बढेको छ।चाँदी शुक्रबार पाँच हजार ६ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ६० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार पाँच सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













