विभिन्न राजनीतिक दलको समानुपातिक सूचीमा रहेका १६४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले १६४ जना उम्मेदवारले नाम फिर्ता लिएको जानकारी दिए । नाम फिर्ता लिएकाहरूको ठाउँमा अर्को नाम पठाउन निर्वाचन आयोगले सम्बन्धित दललाई भनेको छ ।

आयोग स्रोतका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीका ७८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जनता समाजवादी पार्टी नेपालका २१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यी दुइ दलबीच एकता भइसकेको छ । यसकारण लोसपाका तर्फबाट परेका उम्मेदवार फिर्ता लिएर जसपाको सूचीमा राखिएको छ ।
जनमत पार्टीका २० जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १२ जना, जनादेश पार्टी नेपालका ६ जना, नेकपा एमालेका ५ जना, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का ४ जना, राष्ट्र निर्माण दल नेपालका ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।













