नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ। मंगलबार तीन हजार एक सय रूपैयाँ बढेको सुनको भाउ बुधबार प्रतितोला चार सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।
, बुधबार चाँदीको मूल्य भने बढेको छ।आज चार हजार नौ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार चार सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।






