पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ भारत प्रस्थान गर्ने भएका छन् ।
नेपाली समाज भारतको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सहभागी हुन प्रचण्ड आइतबार भारत जान लागेको उनको सचिवालयले जनाएको छ।

कार्यक्रममा प्रचण्डले नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसर, साथै एकता र सहकार्यको महत्वबारे समसामयिक सन्देश दिइने प्रचण्डको सचिवालयले जनाएको छ।













