स्थानीय बजारमा आइतबार सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबारको तुलनामा आइतबार सुन तोलामा दुई हजार एक सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला दुई लाख ६० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदीको मूल्य पनि तोलामा २५ रूपैयाँले घटेको छ। शुक्रबार तोलामा चार हजार पाँच सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार चार हजार पाँच सय रूपैयाँमा कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार तीन सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













