सररकार र दुर्गा प्रसाईं समूहबीच आइतबार सम्झौता गर्ने सहमति भएको छ । आजको छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले आइतबारसम्म सहमति गरी सोमबार मन्त्रिपरिषद्बाट निर्णय लिने सहमति भएको हो ।वार्तापछि पत्रकारसँग बोल्दै प्रसाईंले आइतबारसम्म सरकारले समय मागेको दाबी गरे । प्रसाईंले भने, ‘उहाँहरूले आइतबारसम्म समय माग्नुभएको छ, त्यसदिनसम्म सहमति नभए आन्दोलनमा जान्छौँ ।’
राजसंस्थाको बारेमा जनमत संग्रह न्यूनतम माग भएको उनले दाबी गरे । प्रसाईंले जेन–जीको एउटा पक्षलाई रुवाएर चुनाव सम्भव नभएको पनि दाबी गरे । उनले भने, ‘नक्कली टिमलाई बोकेर चुनाव जान खोजियो भने सम्भव छैन ।’









