राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो समय पार्टीको एजेण्डाको लोकप्रियता र स्वीकार्यता बढ्दै गएको दाबी गरेका छन्। बुधबार काठमाडौंमा आयाजित राप्रपा र राप्रपा नेपालबीचको एकता सभालाई सम्बोधन गर्दै सो दाबी गरेका हुन्।
उनले एजेण्डाजस्तै देशभर पार्टीको स्वीकार्यता बढाउने गरी संगठित भएर अगाडि बढ्नुपर्नेमा उनको जोड छ।उनले राप्रपामा समाहित राप्रपा नेपालका अध्यक्ष कमल थापालाई विगतका कुराहरू सम्झिएर अन्यथा नलिन आग्रह गर्दै अध्यक्षको हैसियतले सबैलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरे।

उनले विगतका घटनाहरूलाई नराम्रो सपना सम्झेर बिर्सिदिन समेत आग्रह गरे।













