गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ को चुनावी वातावरण बनाउन सरकार तल्लीन रहेको बताएका छन् ।विराटनगरमा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री अर्यालले भने, ‘निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेको छ । समानुपातिकतर्फको नामावली समेत निर्वाचन आयोगमा पेश भइसकेको छ अब चुनावको वातावरण बन्छ ।’
सरकारको मुख्य ध्येय तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु रहेको बताउँदै उनले भने,‘सरकारको ध्यान सत्तामा टिकिरहने नभई निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेतर्फ केन्द्रित छ ।’

जेन-जी जनआन्दोलनपछिको असहज परिस्थितिलाई सामान्यीकरण गर्न र सुरक्षाको प्रत्याभूति दिन सरकार सफल भएको उनले दाबी गरे ।













