पूर्वगृहमन्त्री रमेश लेखक जेन–जी आन्दोलनका घटना छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् । उनले आफू आगामी सोमबार बयान दिन जाने जानकारी दिएका हुन् ।
कांग्रेस पार्टी कार्यालयमा पत्रकारलाई प्रतिक्रिया दिँदै उनले बयान दिन जाने निर्णय गरेको बताए । लेखक गृहमन्त्री हुँदा २३ भदाैमा संसद भवनअगाडि १९ युवा मारिएका थिए । लेखकले सोही दिन गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।

लेखकमाथि छानबिन गर्न चाैतर्फी दबाब बढेको थियो । उनीसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि छानबिन गर्न दबाब छ । तर ओलीले बयान दिन नजाने अडान लिएका छन् । बरु गोली ठोकिदिए हुन्छ भन्दै उनले अन्तर्वार्ता दिएका छन् ।













