नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नियमित महाधिवेशनका प्रक्रियामा नियतवश अवरूद्ध गर्न खोजिए विशेष महाधिवेन हुने बताएका छन्।
काठमाडौंमा सोमबार भएको कार्यक्रममा बोल्दै महामन्त्री थापाले तोकिएको समयमा नियमित महाधिवेशन नभए देशभरिका प्रतिनिधिहरूले हस्ताक्षर गरेर माग गरेअनुसारको विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढ्ने बताएका हुन्।

‘देशभरिका साथीहरूले विशेष महाधिवेशन हुनुपर्छ भनेर आह्वान गर्नुभएको छ। अवरूद्ध गर्ने काम हुन्छ भने केही दिनभित्रमा देशभरिका साथीहरू आएर विशेष महाधिवेशन गराउने तर्फ लाग्ने अवस्था बन्छ। विशेष महाधिवेशनले भए पनि एउटा परिणाम निकाल्छ,।
महामन्त्री थापाले महाधिवेशनको विकल्प नरहेको बताए।
‘हामीले यो बेलामा गएर हामीले गरेनौं, भ्याएनौं भन्न मिल्दैन। हामी नागरिकका बीचमा जाँदै गर्दा हाम्रो पोजिसन के हो? कहाँ हो हाम्रो उभिने ठाउँ। उभिने ठाउँ यो हो भनेर जानुपर्नेछ। यसका निम्ति आफ्नो ठाउँबाट गर्नुपर्ने काम गरिरहेको छु।
उनले एमालेले महाधिवेशन गरेर चुनौतीपूर्ण अवस्थामा सकारात्मक सन्देश दिएको बताए।













