नेपाल विद्यार्थी संघ (नेविसंघ)काे कार्यवाहक अध्यक्षकाे जिम्मेवारी सञ्जिब खड्काले पाएका छन् । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आइतबार खड्कालाई कार्यवाहक अध्यक्षकाे जिम्मेवारी ताेकेका हुन् ।नेविसंघ केन्द्रीय कार्यालयमा कार्यवाहककाे जिम्मेवारी लिएपछि खड्काले प्राप्त जिम्मेवारीलाई न्याय गर्ने बताए ।
अध्यक्ष शेर्पा भारतकाे आईआईटी मुम्बईमा आयाेजना हुने कार्यक्रमका लागि आज त्यसतर्फ जाँदै छन् । पशुपति बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीतिमा सक्रिय भएका नेविसंघ केन्द्रीय सदस्य खड्का उदयपुरका हुन् ।














