ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले चुनाव हुन दिन्नँ भन्ने छुट जेनजीलाई नभएको बताएका छन् ।
ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मेयर महर्जनले यस्तो बताएका हुन् ।

उनले महर्जनले घोषित निर्वाचनलाई सफल गराउन जेनजी लगायत सबैले सहयोग गर्नुपर्ने बताए । अहिले आएर जेनजीहरुकाे स्वर परिवर्तन भएकाेमा चिन्ता व्यक्त गर्दै मेयर महर्जनले जेनजीहरु सानै भएकाले बुद्धि पलाइनसकेकाे उलेल्ख गरे ।
आफ्नो दुई कार्यकालमा महानगरभित्र निकै परिवर्तन गर्न सफल भएको भन्दै उनले अहिलेपनि दैनिक रुपमा निरन्तर नयाँ नयाँ काम हुदै आएको जिकिर गरे ।













