आइतबार सिड्नीको बोन्डी समुद्र तटमा बन्दुकधारीहरूले गोली चलाउँदा दश जनाको मृत्यु भएको छ भने करिब एक दर्जन घाइते भएको अष्ट्रेलियाली अधिकारीहरूले बताएका छन् ।
गोलीबारीपछि करिब एक दर्जन व्यक्तिलाई स्थानीय अस्पतालमा लगिएको न्यु साउथ वेल्स एम्बुलेन्सका प्रवक्ताले बताएका छन् ।

‘आपतकालीन उद्धारकर्ताहरू जमिनमा छन् र जीवन बचाउन काम गरिरहेका छन् ।’ उनले भने । ‘मैले जमिनमा कम्तिमा १० जना मानिस र जताततै रगत लतपतिएको देखेँ,’ गोलीकाण्डका प्रत्यक्षदर्शी ३० वर्षीय स्थानीय ह्यारी विल्सनले उद्धृत गर्दै सिड्नी मर्निङ हेराल्डले उल्लेख गरेको छ ।













