वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षको असन्तुष्टिका बीच अध्यक्ष केपी शर्मा ओलीले गरेको विधान संशोधनको प्रस्ताव बहुमतले पारित गरिएको छ ।
महाधिवेशनमा नेता व्यवस्थापनको लागि ओलीले पुनः पदाधिकारी १९, पोलिटब्युरो ९९ र केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउन गरेको प्रस्ताव केन्द्रीय समितिको बहुमतले पारित गरेको हो ।

तर, यो प्रस्तावको विरोधमा उपाध्यक्षहरू पोखरेल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराईसहितका नेता उभिएका हुन् ।
त्यस्तै, वरिष्ठ उपाध्यक्ष पद हटाइएको छ ।
सूची:
अध्यक्ष १
उपाध्यक्ष ५
महासचिव १
उपमहासचिव ३
सचिव ९
स्थायी कमिटी (पोलिटब्युरोको एक तिहाई)
पोलिटब्युरो ९९
केन्द्रीय कमिटी ३०१
(पदाधिकारीसहित)













