कात्तिक १९ गते घोषणा भएको नेपाली कम्युनिस्ट पार्टीमा थप चार वटा पार्टीका एकीकरण पक्षधर समाहित भएका छन्। योसँगै यस पार्टीमा संलग्न घटकको सङ्ख्या १६ पुगेको हो ।
बिहीबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा एक समारोहबीच विभिन्न दलका एकीकरण पक्षधर नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन्। जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ नेतृत्वको एकीकरण पक्षधर, जनजागरण पार्टी नेपाल, नेकपा बहुमतको विद्रोही समूह र नेकपा (माओवादी)को विद्रोही समूहबीच एकता हुँदैछ।

एकता घोषणा कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल, नेताहरू झलनाथ खनाल, वामदेव गौतम, नारायकाजी श्रेष्ठ, गंगालाल तुलाधर लगायत सहभागी छन्। समाहित हुन आएका दलका नेताहरू; राजेन्द्र श्रेष्ठ लगायत पनि कार्यक्रममा उपस्थित छन्।
एकता घोषणा कार्यक्रममा कार्यकर्ताहरूको पनि बाक्लो उपस्थिति छ।






