नेकपा एमालेले फागुन २१ को निर्वाचनमा भाग लिने अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।नागरिकका प्रधान-सम्पादक गुणराज लुइँटेलसँगको कुराकानीमा अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनर्स्थापनको मुद्दासँगै चुनावी तयारी गरिरहेको बताएका हुन्।
नेकपा एमाले प्रतिनिधिसभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाने भएको छ । एमालेले केही दिनअघि राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरेको थियो। प्रतिनिधिसभा तर्फ भने गरेको थिएन।केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्यले पनि निर्धारित अवधिमै दल दर्ता गर्ने बताएका थिए।

अध्यक्ष ओलीले फागुन २१ मा एमालेका कारण चुनाव हुँदैन भन्ने अफवाह फैलाइएको पनि बताए। उनले निर्वाचन नभए त्यसको सम्पूर्ण दोष सरकारकै हुने जिकिर गरेका छन्।
निर्वाचनमा एमाले जाने भए पनि पार्टीको बटमलाइन भने प्रतिनिधिसभा पुनर्स्थापना नै रहेको ओलीको भनाइ छ। त्यसो त एमालेले पछिल्लो समय प्रतिनिधि सभा पुनस्र्थापनाका लागि जनदबाब भन्दै सडक प्रदर्शन, भेला, सभा आयोजना गरिरहेको छ।













