नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा भएको जनयुद्धले उठाएका मुद्दा पूरा नभएसम्म शान्ति सम्झौताको सम्पूर्ण कार्यान्वयन सम्भव नहुने बताएका छन् ।विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा एक सन्देश जारी गर्दै प्रचण्डले सो धारणा सार्वजनिक गरेका हुन् ।
उनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफूले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको ऐतिहासिक दिनको स्मरण गरेका छन् । शान्ति प्रक्रियामा विभिन्न रुपमा योगदान पुर्याउने सबैलाई सम्मान व्यक्त गर्दैै उनले बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘आज नयाँ एकीकरण र ध्रुवीकरणबाट बनेको नेपाली कम्युनिष्ट पार्टीले शान्ति सम्झौतामा आफ्नो राजनीतिक स्वामित्व र जिम्मेवारी बहन गर्दै बाँकी कार्यभार पूरा गर्न कतिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्दुछु,’ प्रचण्डले जारी गरेको सन्देश पत्रमा लेखिएको छ ।
नेपाली समाजमा देखापरेका समस्या समाधान गर्न सबै पक्षलाई एकताबद्ध प्रयास गर्न पनि उनले अपिल गरेका छन्














