काठमाडौं । नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ । खेल ढाकामा नेपाली समय अनुसार बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ ।नेपाल र बंगलादेशले एएफसी एसियन कप छनोट खेलको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । नेपालले यसपछि १८ नोभेम्बरमा मलेसियासँग एसियन कप छनोटको खेल खेल्दैछ ।
खेलअघि आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले खेलका लागि नेपाली टोली तयार भएको बताएका छन् ।प्रशिक्षक खड्काले तयारी राम्रो भएको र राम्रो प्रदर्शन गर्ने बताएका हुन् । बंगलादेशी टिमले यस खेलमा भने हम्जा चौधरीलाई खेलाउँदै छ । नेपालमा भएको मैत्रीपूर्ण खेलमा भने उनी टोलीमा थिएनन् ।














