उज्यालो नेपाल पार्टीले दल दर्ताका लागि मंगलबार निर्वाचन आयोगमा निवेदन दिने भएको छ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री रहेका कुलमान घिसिङले पार्टी गठनका लागि केही समयदेखि गृहकार्य थालेका थिए। पार्टीको नाम उज्यालो नेपाल रहने र चुनाव चिह्न बिजुलीको चिम राखेर जाने सहमति जुटेसँगै मंगलबार दल दर्ताका लागि निवेदन दिन लागेको ।

नेताका अनुसार ऊर्जा मन्त्री घिसिङ नवगठित उक्त पार्टीमा हुने छैनन्। एक महिनापछि जोडिने तयारी रहेको ती नेताको दाबी छ।
यो पार्टीको संयोजकमा पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्याय रहने छन्।
उपाध्यायलाई संयोजक तोकेर ५१ जना केन्द्रीय सदस्यसहित पार्टी दर्ताका लागि निवेदन दिने तयारी भइरहेको छ।
लामो छलफलपछि कुलमान र सुमनाले फरक फरक बाटो रोजेका छन्। कुराकानीमा सुमनाले तत्कालका लागि छुट्टाछुट्टै अघि बढ्ने निर्णय भएको पुष्टि गरिन्।








