नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २१ फागुनका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनबारे द्विविधा नराख्न आग्रह गरेका छन् ।
उनले प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले भागमात्र लिने नभएर सफल पनि बनाउने भन्दै द्विविधा नराख्न आग्रह गरेका हुन् ।

पार्टीका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा निर्वाचनमा जाने निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेको र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय पनि निर्वाचनमा जाने भएको महामन्त्री थापको भनाइ छ ।
‘फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘संविधानलाई सही मार्गमा ल्याउने यही एकमात्र बाटो हो, यसमा कुनै अलमल छैन ।’
‘निर्वाचनअघि अधिवेशन गर्नुपर्छ, किनकि अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो।













