नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी छाडेका जनार्दन शर्मालाई बुधबारसम्म एकता प्रक्रियामा समाहित हुन आग्रह गरेका छन्।
माओवादी केन्द्रको मंगलबार बसेको महाधिवेशन आयोजक समितिको अन्तिम बैठकमा संयोजक प्रचण्डले शर्मा सहितको पंक्तिलाई आफूले सँगै लैजान चाहेको पनि बताएका हुन्।

‘जनार्दन शर्माको सन्दर्भमा संयोजक प्रचण्डले उहाँलाई अझै पनि विचार गर्नुस् भन्नुभएको छ। उहाँले शर्मालाई तपाईं फर्कनहोस्। सँगै अगाडि जानुपर्छ भनेर आह्वान गर्नुभएको छ,’ नेता अग्निप्रसाद सापकोटाले भने।




