नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटी बैठक शुरु भएको छ । बैठक केही बेरअघिबाट मिराकल पार्टी भेन्यू सुकेधारामा जारी छ ।
बैठकमा पार्टी अध्यक्ष नेपालसहितका संस्थापन पक्षका नेताहरुले माओवादी केन्द्रसँगको पार्टी एकताको लागि औपचारिक निर्णय गर्ने योजनामा रहेका छन् भने सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल पक्षका नेताहरु भने त्यसको विपक्षमा उभिने तयारीमा रहेका छन् ।

सम्मानित नेता खनालले माओवादी केन्द्रसँग पार्टी एकताको कुनै औचित्य नभएको धारणा समेत राख्दै आएका छन् । जेनजी आन्दोलनपछि उत्पन्न मुलुकको राजनीतिक परिस्थितिको गम्भिर विश्लेषणसहित आवश्यक निर्णय लिने पार्टीले जनाएको छ ।




