मोहन वैद्य (किरण)ले क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिव पदबाट राजीनामा दिएका छन् । शनिबार राति सम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकले वैद्यको राजीनामा स्वीकृतसमेत गरेको छ ।
उनले स्वस्थ्य समस्याका कारण पदबाट राजीनामा दिएको जनाइएको छ । दम र निमोनिया रोगबाट ग्रस्त उनी लामो समयदेखि उपचाररत थिए ।

उनको राजीनाम स्वीकृतिपछि सीपी गजुरललाई महासचिवको जिम्मेवारी दिएको छ ।




