नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘थुन्नका लागि सरकार निरन्तर प्रयासमा रहेको’ आरोप लगाएका छन् । शुक्रबार ललितपुरको जावलाखेलमा जारी केन्द्रीय कमिटी बैठकमा ओलीले जेनजीको मागका नाममा सरकारले आफूलाई थुन्ने प्रयास गरेको दाबी गरेका हुन् ।
“केपी ओलीलाई कसरी थुन्न सकिन्छ भनेर गृहमन्त्रीले सल्लाह र छलफल गर्नुभयो । कहीँकतै केही भेटिएन । हिजो जेनजीहरूले मान्दै मानेनन्, केपी ओलीलाई त जसरी पनि थुन्नुपर्छ भनेर सरकार निरन्तर प्रयासमा छ,” ।

ओलीले जेनजी आन्दोलनले आफूलाई थुन्ने माग नगरेको पनि दाबी गरे । “जेजनीले यो माग गरेका छैनन्, उनीहरू यो दाबी गरिरहेका छन्, हामी दलका विरुद्ध छैनौँ, संविधानविरुद्ध छैनौँ भनेका छन्,” ।
उनले आफूलाई पार्टी नरम भाषा प्रयोग गर्न आग्रह गरेको पनि बताए । “साथीहरूले नरम भाषा बोल्नुस् भन्नुभएको छ, यसमा चिनी थपिदिऊँ ?,।




