गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्वहरू निर्वाचनको बिथोल्नको लागि सक्रिय भएको आरोप लगाएका छन्। जिल्ला समन्वय समिति भक्तपुरको कार्यालय अनुगमनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले निर्वाचनको माहोल बिगार्न लाग्नेहरूलाई सरकारले सम्झाईबुझाई गर्ने बताए। सम्झाउँदा नमानेमा सरकारले आफ्नो ढंगबाट काम गर्ने उनको भनाई छ। वर्तमान सरकार स्वतन्त्र र निष्पक्ष ढंगबाट निर्वाचन गराउनको लागी बनेको उल्लेख गर्दै उनले तोकिएकै मितिमा सरकारले निर्वाचन गराउने दाबी गरे। निर्वाचनको लागि सरकारले सरोकारवाला सबैलाई संवादमा आउन आह्वान गरेको समेत जिकिर गरे। राजनीतिक दलहरूले भने सरकारले आफूहरूलाई वेवास्ता गरेको आरोप लगाउने गरेका छन्।

उनले प्रहरी कर्मचारी लगायतको मनोबल उकास्ने काम पनि सरकारले गरिरहेको बताए। व्यापक राजनीतिक हस्तक्षेप भएको कारण प्रहरीको मनोबल गिरेको दाबी गर्दै उनले वर्तमान सरकारले उठाउने कोसिस गरिरहेको बताए।













