नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफूले समग्रमा एक कार्यकाल पनि प्रधानमन्त्री चलाउन नपाएको बताएका छन्।
मंगलबार सानेपामा केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति देउवाले धेरैले आफूलाई पटकपटक प्रधानमन्त्री भएको आरोप लगाए पनि समग्रमा एक कार्यकाल पनि प्रधानमन्त्री नभएको बताएका हुन्।

‘पाँच पटक प्रधानमन्त्री भएँ तर समग्रमा एक कार्यकाल पनि प्रधानमन्त्री चलाएको छैन,’ ।
देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको पनि बताएका छन्।
केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार बोल्दै आफूले खड्कालाई कार्यवाहक दिएको बताए।
‘मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु। जिम्मेवारीअनुसार काम गर्नुहोला।













