नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख तीन दलका प्रमुख नेतालाई पार्टीबाट बिदा गर्नुपर्ने बताएका छन् । आइतबार एक भिडियो सन्देशमार्फत उनले संवादको नयाँ वातावरण प्रारम्भ गर्न आग्रह गरेका छन् ।
‘निर्वाचित भएर आएको हामी संसद बाँकी छ आज ? भाद्र २४ अघि र पछिको अवस्था उस्तै छ अब ?’ उनले प्रश्न गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवामाथि सांघातिक हमला भएकोबारे सहानुभूतिसम्म नदेखाएको आरोपबारे पनि थापाले प्रस्टीकरण देखाएका छन् । उनले भने, ‘हामी पनि त्यही कुटपिट र हातपाटबाट बालबाल बाँचेको हो । अपमान सहेर आएका हाैँ । हामी हाम्रा नेतालाई सम्मान गरौँ । इम्पेथी पनि राखौँ र सँगसँगै कांग्रेस, एमाले र माओवादीको तीनवटै नेताहरूलाई हामीले भन्नुपर्छ तपाईंहरूले अब केही पनि होइन इफ बट केही पनि होइन तपाईंहरूले अब छैड्नुपर्छ । तपाईंहरू घर बस्नुपर्छ । यसो भयो भने मात्र हामी आम मानिससँग छलफल गर्न सक्छौँ ।’
आवश्यक परेमा आफूहरू पनि बाहिरिन तयार रहेको उनले बताएका छन् । जेन–जीलाई संवाद गर्न उनले आग्रह गरेका छन् । थापाले सरकार र जेन–जीलाई चुनावको वातावरण बनाउन आग्रह गरेका छन् ।




