नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी विद्रोहपछि पनि हिजो सत्ताको नेतृत्व गरेकाहरूको घमण्ड नघटेको टिप्पणी गरेका छन्।
शुक्रबार प्रेस सेन्टरले राखेको सम्पादकहरूसँगको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले हिजो सत्ताको नेतृत्व गरिरहेको एमाले अध्यक्ष केपी शर्मा ओली आत्मरतिमा रमाइरहेको बताएका हुन्।

‘जनता कति असन्तुष्ट छन् भनेर हामीले पटकपटक खबरदारी गर्यौं। तर सरकारले सुनेन। असन्तुष्टि झनझन् बढ्दै गयो। यत्रो घटना हुँदा पनि हिजो सरकारमा रहेका दलमा घमण्ड अझै गएको छैन,’।
उनले आफू नेतृत्वको सरकार बिचौलियासँग नझुकेकै कारणले ढलेको बताए।
‘बिचौलियासँग झुक्न चाहिनँ। त्यो सेटिङ तोड्न खोज्दा मेरो सरकार ढल्यो,।




