नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले १६ बुँदे प्रस्ताव अघि सार्दै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को राजीनामा मागेका छन्।
उनले जेनजी आन्दोलनको संश्लेषण र आगामी बाटोबारे राखेको प्रस्तावमा अध्यक्षबाट प्रचण्डको राजीनामा माग गरिएको उल्लेख छ।

‘पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ,’ उपमहासचिव शर्माले भनेका छन्।
उपमहासचिव शर्माले यी प्रस्तावबारे पार्टीभित्र छलफल चलाउन सुरू गरेको उनीनिकट एक नेताले बताए।
‘उपमहासचिवले १६ बुँदे प्रस्ताव राख्नुभएको छ, अब यो विषय पार्टीभित्र छलफलमा लैजाने तयारी छ, नेताहरूबीच केही कुराकानी पनि सुरू भइसकेको छ,’ ती नेताले भने, ‘पार्टीभित्र आउने सुझावका आधारमा उहाँ अघि बढ्नुहुन्छ।’













