सेनाको सुरक्षा घेराभित्र रहेका शीर्ष नेता सार्वजनिक हुन थालेका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार कोटेश्वर पेरिसडाँडास्थित पार्टी कार्यालय पुगेर क्षतिग्रस्त भवनको अवलोकन गरे।
गत भदौ २४ गतेको प्रदर्शनका क्रममा आगजनीबाट खण्डहर बनाइएको कार्यालय अवलोकनपछि अध्यक्ष प्रचण्डले अहिलेको भन्दा भव्य भवन बनाउने पनि बताए।

‘क्षति त पुर्याइयो, पुग्यो त म के भन्न चाहन्छु भने अब सम्पूर्ण पार्टी पंक्ति, सिंगो देश भित्रका र बाहिरका पार्टी सदस्यहरूको सहयोगमा भव्य नयाँ कार्यालय भवन बनाइने छ।
आगलागीबाट पार्टीका माइन्युट, केही अभिलेख र पुस्तकालय बचेको पनि प्रचण्डले बताए।













