काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले जेन–जीले प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था स्थापना गर्ने ऐतिहासिक अवसर गुमाएको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सहयात्रीले वर्तमान प्रतिनिधि सभामार्फत संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था सम्भव भए पनि संसद् विघटनलाई पूर्वशर्त बनाउँदै जेन–जीले गम्भीर गल्ती गरेको टिप्पणी गरेका हुन्।

उनले भने, “अहिले र तत्काल, यही प्रतिनिधि सभा मार्फत हुनसक्ने प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्थालाई प्रतिनिधि सभा विघटन पूर्वशर्त भन्ने बचकाना ढिपी गरेर जेन–जीले ऐतिहासिक र गम्भीर गल्ती गरेको छ।”
उनको भनाइमा यस अडानका कारण अब नेपालमा प्रत्यक्ष कार्यकारी प्रणाली स्थापना हुने सम्भावना निकै कम भएको छ।













