नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडालाई बनाउने निर्णय गरेको छ ।
संसदीय सुनुवाइ समिति सभापति पद भदौ १० गतेदेखि रिक्त छ।

कांग्रेसले खतिवडालाई संसदीय सुनुवाइ समिति सदस्यमा लगेर उक्त समिति सभापति बनाउन लागेको हो। बिहीबार संसदीय सुनुवाइ समिति सभापति पदका लागि मनोनयन दर्ता हुँदैछ।
कांग्रेसका एक पदाधिकारीले दिएको जानकारीअनुसार खतिवडालाई नै समिति सभापति पदमा पठाउने तयारीमा पार्टी छ। ‘रामहरिजीलाई संसदीय सुनुवाइ समिति सभापति बनाउने तयारी छ।
कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको त्रुटि राष्ट्रिय सभाबाट सच्चाइसकिएको अवस्थामा कांग्रेसले संसदीय सुनुवाइ समिति सभापतिमा खतिवडालाई पठाउन लागेको हो।













