गृहमन्त्री रमेश लेखकले द्वन्द्वकाे व्यवस्थापन भनेकाे सम्झौता पनि भएको बताएका छन्।
आइतबार काठमाडौंमा आयाेजित नेपालमा शान्ति निर्माणका चुनाैती विषयक उद्घाटन समारोहमा उनले द्वन्द्वकाे व्यवस्थापन भनेकाे सम्झौता रहेको बताएका छन्।

‘द्वन्द्वकाे प्रकृति फरक छ। जहाँ द्वन्द्वकाे छ त्यहाँ समाधान पनि छ। हामीले ठीक ढंगले बुझ्दिनुपर्छ। द्वन्द्वकाे व्यवस्थापन भनेकाे सम्झौता पनि हाे। दुबै पक्षले आफ्नो अडान कायम राखे द्वन्द्व व्यवस्थापन हुँदैन। द्वन्द्वरत पक्षका बिचमा सम्झौता भएर संविधान बनेकाे हाे,’ ।
द्वन्द्वकाे रुप परिवर्तन भए पनि द्वन्द्व कायम रहेको गृहमन्त्री लेखकको भनाइ छ।
‘द्वन्द्व सकारात्मक र नकारात्मक दुई थरीकै हुन्छन्। सकारात्मक द्वन्द्वकाे व्यवस्थापन गर्दा देशले विकास हुन्छ भने नकारात्मक द्वन्द्वले देशमा दुर्गति निम्त्याउँछ। द्वन्द्व व्यवस्थापनमा, द्वन्द्वकाे पहिचान, समय र सम्झौता मुख्य कुरा हाे,।
देशमा उत्पन्न द्वन्द्व र अस्थिरताले धेरै संविधान बन्ने अवस्था सिर्जना हुने गरेकाे गृहमन्त्री लेखकले बताए।













