नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा पक्राउ परेका रास्वपा बागमती प्रशिक्षण विभागका संयोजक हरिप्रसाद कँडेललाई पार्टीले निलम्बन गरेको छ ।
रास्वपाको केन्द्रीय अनुशासन आयोगले कँडेललाई कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरेको हो ।

आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले कँडेललाई पठाएको पत्रमा लेखिएको छ, ‘हाल आएका सूचनाहरूको आधारमा नेपाल सरकारको अद्यावधिक कानून विपरीतका कार्यहरु नक्कली शैक्षिक प्रमाण पत्र छपाईमा संलग्न भनी रूपन्देही जिल्ला प्रहरी कार्यलयबाट प्रकाउ गरिएको सूचना प्राप्त भएको हुँदा सो विषयमा प्रहरीको आवश्यक छानबिन र अनुसन्धानका क्रममा सहजता पुर्याउने उद्देश्यका साथै प्रमाणित भएमा अन्य थप कारबाही समेत हुन सक्ने गरी हाल तपाईँलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी गराउँदछौं ।’
उनकाे साथमा नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती बनाउन प्रयोग हुने सामग्री समेत फेला परेकाे थियो । यादवको बयानका आधारमा कँडेललाई पक्राउ गरिएको हो ।













